मङ्सिरदेखि लगानीकर्तालाई युजर आईडी र पासवर्ड

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई मङ्सिर २३ गतेदेखि युजर आइडी र पासवर्ड दिने भएको छ । लगानीकर्ताले युजर आईडी र पासवर्ड माग्दै नेप्सेमा धर्नासहित नाराबाजी गरेपछि मङ्सिर २३ देखि युजर आइडी चाहने लगानीकर्तालाई दिने भएको हो । अनलाइन प्रणाली सुधारको माग राख्दै नेप्सेको कार्यालय घेर्न पुगेका लगानीकर्तालाई महाप्रबन्धक चन्द्रसिंह साउदले मङ्सिर २३ देखि युजर आईडी र पासवर्ड...

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई मङ्सिर २३ गतेदेखि युजर आइडी र पासवर्ड दिने भएको छ । लगानीकर्ताले युजर आईडी र पासवर्ड माग्दै नेप्सेमा धर्नासहित नाराबाजी गरेपछि मङ्सिर २३ देखि युजर आइडी चाहने लगानीकर्तालाई दिने भएको हो ।

अनलाइन प्रणाली सुधारको माग राख्दै नेप्सेको कार्यालय घेर्न पुगेका लगानीकर्तालाई महाप्रबन्धक चन्द्रसिंह साउदले मङ्सिर २३ देखि युजर आईडी र पासवर्ड पाउने बताएका हुन् ।