पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई यसअघि २ लाख ५० हजारका दरले राहत वितरण हुने गरेको थियो । पदयात्राका लागि ट्रेकिङ कम्पनीले पदायात्रीको बिमा रकम बढाएर १० लाख रुपैयाँ पुर्याएपछि उनीहरुलाई ५ लाखका दरले रकम वितरण गरिएको टानका महासचिव आङपेम्बा शेर्पाको भनाइ छ ।
अन्नपूर्ण, अपर डोल्पा, एभरेस्ट, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा ज्यान गुमाएका १२ जनाको परिवारलाई ५ लाखका दरले ६० लाख रुपैयाँ राहत वितरण गरिएको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पर्वतीय पर्यटन मजदुरहरुका आश्रित परिवारलाई सोमबार रकम वितरण गरेको हो ।
पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई यसअघि २ लाख ५० हजारका दरले राहत वितरण हुने गरेको थियो । पदयात्राका लागि ट्रेकिङ कम्पनीले पदायात्रीको बिमा रकम बढाएर १० लाख रुपैयाँ पुर्याएपछि उनीहरुलाई ५ लाखका दरले रकम वितरण गरिएको टानका महासचिव आङपेम्बा शेर्पाको भनाइ छ ।
विभिन्न पदयात्राका क्रममा ज्यान गुमाएका दाकबहादुर आले मगर, भीमबहादुर गुरुङ, जीवन लिम्बू, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बा कुइश्याङ शेर्पा, छिरिङ भोटे, डिना आङजुक भोटे, फुर्वा भोटे, नेत्रबहादुर छन्त्याल र पेमदोर्जे शेर्पाको परिवारलाई एक कार्यक्रमबीच राहत रकम वितरण गरिएको हो ।
यसअघि टिम्सले ३३ जनालाई राहत दिइसकेको छ । टिम्स कार्ड लिएर पदयात्रामा गए सोबापतको राहत रकम पाउनेछन् । हाल ७० देखि ८० प्रतिशत पर्यटक गाइडबिनै पदयात्रामा जाने गरेकाले त्यसतर्फ सचेत हुन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । टिम्सको चेक पोस्ट सबै ठाउँमा नभए पनि ट्रेकिङ कम्पनीहरुले टिम्स कार्ड अनिवार्य रुपमा लिएर गए मजदुरहरुलाई राहत तथा क्षतिपूर्ति दिन सहज हुने महासचिव शेर्पाको भनाइ छ ।