पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालोझण्डा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाउने ६ विद्यार्थी पक्राउ परेका छन् ।
कास्की निर्वाचन क्षेत्र २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्याक्रमको योजना सार्वजानिक कार्यक्रममा पोखरा पुगेका मन्त्री अधिकारीलाई नयाँ शक्ति नेपाल निकट विद्यार्थी संगठनका सदस्यले कास्कीको सिर्जना चोकमा कालोझण्डा देखाएका हुन्।
मन्त्रीलाई कालोझण्डा देखाउने विद्यार्थी नेता तथा कार्यक्रर्ताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।