घटेर ११६० अङ्कमा आएको सेयर बजारमा ३० करोडको कारोबार

कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ दशमलव ३५ अङ्कले घटे पनि ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये दुई समूहबाहेक सबै समूह ओरालो लागेको दिन घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११६० अङ्कमा आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ दशमलव ३५ अङ्कले घटे पनि ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ११६६.५९ अङ्कबाट सुरु भएको बजार ६ अङ्कले घट्दै ११६०.२८ अङ्क कायम भएको हो । सोमबार नेप्सेमा अन्य र वित्तबाहके सबै समूह ओरालो लागेका हुन् ।

अन्य २ दशमलव २७ अङ्कले तथा वित्त शून्य दशमलव ८१ अङ्कले बढ्नुबाहेक सबै समूह ओरालो लागेको छ । आज नेप्सेमा व्यापार समूहको कारोबार भएन । सबैभन्दा बढी निर्जीवन बिमा ८९ दशमलव ३ छ भने जीवन बिमा ६७ दशमलव ०५, लघुवित्त १५ दशमलव १६, होटल १३ दशमलव ३ अङ्कले घटेको छ । यस्तै बैङ्किङ ४ दशमलव ८३, जलविद्युत् ५ दशमलव ४२, विकास बैङ्क ५ दशमलव ७६, उत्पादनमूलक ३ दशमलव ७६ अङ्कले घटेको छ ।

सोमबार नेप्सेमा १ सय ५५ कम्पनीका ४ हजार ८२ काराबोरबाट ९ लाख ९१ हजार कित्ता सेयर कारोबार भई ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन हिजो आइतबारको कारोबार रकमभन्दा ५ करोड रुपैयाँले बढी हो ।

आइतबार नेप्सेमा १ सय ५४ कम्पनीका ३ हजार ९ सय ४५ कारोबारबाट ८ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भई २५ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।

यसअघि साउन २७ गते ११६३ अङ्कको बिन्दुमा आएको थियो ।