माथिल्लो तामाकोसीको सर्वसाधरणतर्फको आईपीओ आज बाँडफाँट

कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीआे कात्तिक १५ देखि २१ गतेसम्मका लागि बिक्री खुलाएको थियो । तामाकोसीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छन् ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सर्वसाधरणतर्फको प्राथमिक सेयर (आईपीओ) मङ्गलबार (आज) बाँडफाँट हुनेभएकाे छ । सर्वसाधारणका लागि बिक्री खुलाइएको १५ दिनपछि कम्पनीको सेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीआे कात्तिक १५ देखि २१ गतेसम्मका लागि बिक्री खुलाएको थियो । तामाकोसीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छन् ।

नागरिक लगानी कोषका बजार नायब प्रबन्धक रोशनजङ्ग कार्कीले दोहोरियर आवेदन परेकाले बाँडफाँटमा केही ढिलाई भएको बताए । उनले स्थानीयका लागि डिम्याट खाता अनिवार्य नभएकाले उनीहरुको दोहोरो आवेदन परेकाले ढिलाई भएको जानकारी दिँदै भने ‘सबै स्थानीयको डिम्याट खाता नभएकाले पहिला आवेदन दिनेको सूची निकाल्न समय लाग्यो । त्यसकारण बाँडफाँटमा ढिलाइ भएको हो ।’