चौतारी लघुवित्तको आईपीओ मङ्सिर १९ देखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर १९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्ने ६ लाख कित्ता आईपीओमध्ये कर्मचारीका लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाई ३० हजार कित्ता र ५ लाख ६० हजार ७ सय कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

यसको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । सेयर आवेदन छिटोमा मङ्सिर २३ तथा बिक्री नभएमा ढिलोमा पुस १९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको आईपीओमा आवेदनका लागि लगानीकर्ताले आस्बा प्राप्त बैङ्क तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत् अनलाइन आवेदन दिन सक्ने छन् । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी १८ करोड ६० रुपैयाँ पुग्ने छ ।