५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ न्यूनतम ४० कित्ता सेयर परेकाे छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आज मङगलबार वितरण गरिएको छ । जसअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ गाेलाप्रथाद्वारा अधिकतम ५० देखि न्यूनतम ४० कित्ता सेयर परेकाे छ ।
३ लाख लगानीकर्तालाई ४० कित्ताका दरले परेको छ । सर्वसाधारणका लागि कात्तिक १५ देखि २१ गतेसम्म खुलाइएको सेयर आज बाँडफाँट भएको हो ।
सञ्चयकोषका कर्मचारी तथा स्थानीयवासी बाहेकका लगानीकर्ताका लागि मात्र कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो । यसअघि स्थानीयका लागि खुलाइएको सेयरमा आवेदन दिई सेयर परेका लगानीकर्तालाई सेयर आवेदनमा रोक लगाइएको थियो ।
कम्पनीले स्थानीयका लागि खुलाएको आइपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुलाएको थियो । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटल हुन् । सेयर बिक्री खुलाइएको २६ दिनपछि आज मङ्गलबार मात्र बाँडफाँट भएको हो ।
स्थानीयवासीले दोहोर्याएर सेयरमा आवेदन दिएपछि बाँडफाँटमा ढिलाइ भएको हो ।