८ समूह घटेको दिन नेप्सेमा ४० करोडको कारोबार, नेपाल बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण

नेप्से परिसूचक सामान्य अङ्कले घटे पनि नेप्सेमा बुधबार ४० करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएका ९ समूहमध्ये अन्य समूहबाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा बुधबार उत्पादनमूलक र व्यापार समूहको कारोबार भएन ।

कारोबार भएका समूहमध्ये ८ समूहमा गिरावट आउँदा बुधबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ अङ्कले घटेको छ । नेप्से परिसूचक सामान्य अङ्कले घटे पनि नेप्सेमा बुधबार ४० करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएका ९ समूहमध्ये अन्य समूहबाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा बुधबार उत्पादनमूलक र व्यापार समूहको कारोबार भएन ।

१ हजार १ सय ६१ दशमलव ५० अङ्कबाट सुरु भएको नेप्से तीव्र उतराचढाव आउँदै सामान्य अङ्कले घट्यो । कारोबार सुरु भएदेखि घट्न थालेको बजार १ अङ्क घटेपछि उकालो लाग्दै १ अङ्कको सुधार भएको थियो । त्यसपछि लगातार ओरालो लाग्दै कारोबार बन्द हुँदा नेप्से २ दशमलव १० अङ्कले घटेको हो ।

अन्य समूह २ दशलव ११ अङ्कले बढेको दिन सबैभन्दा बढी विकास बैङ्क ९ सय ४१ दशमलव १४ अङ्क, निर्जीवन बिमा २५ दशमलव ४१, लघुवित्त १२ दशलव ९१ अङ्कले घटेको छ । यस्तै बैङ्किङ १ दशमलव ८१ अङ्कले घटेको छ ।

आज नेप्सेमा १ सय ५३ कम्पनीको कारोबार भई ३ हजार ५ सय ३०९ कारोबारबाट १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर खरिदबिक्री भई ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज नेपाल बैङ्कको १ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने सिटिजन्स म्युचुअल फन्डको सेयर मूल्य ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।