नेप्सेमा आज १ सय ६१ कम्पनीको ४ हजार २ सय कारोबारबाट १० लाख ६२ हजार सेयर खरिदबिक्री भई ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ८ करोडले कम हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन दोहोरो अङ्कले घटेसँगै १ हजार १ सय ४८ अङ्कमा आएको छ । १ हजार १ सय ५९ अङ्कबाट सुरु भएको नेप्सेको कारोबार लगातार घट्दै ११५० अङ्कभन्दा तल गएको हो ।
नेप्सेमा आज १ सय ६१ कम्पनीको ४ हजार २ सय कारोबारबाट १० लाख ६२ हजार सेयर खरिदबिक्री भई ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ८ करोडले कम हो ।
बिहीबार नेप्सेमा कारोबार भएका समूहमध्ये दुई समूहबाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक १ दशमलव ०२ तथा फाइनान्स ० दशमलव १३ अङ्कले बढ्नुबाहेक अन्य समूह ओरालो लागे ।
सबैभन्दा बढी निर्जीवन बिमा १०५ दशमलव १७, जीवन बिमा ४७ दशमलव ७६ तथा लघुवित्त २४ दशमलव २३ अङ्कले घटेको छ । विहीबार सबैभन्दा बढी नेपाल बैङ्कको ५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।