काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सूर्यालाई चुत्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
नियामक बीमा समितिले जीवन बीमा कम्पनीले आउदो असारसम्म चुत्तापुँजी न्युनतम २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो ।