काठमाडौं । एसिया प्यासिफिक समिट २०१८ लाई लक्षित गरी बिहीबारदेखि यातायातका साधनमा लागु गरेको जोरविजोर प्रणाली सरकारले खारेज गरेको छ ।
जोरबिजोर प्रणाली लागु भएपछि सर्वसाधारणले सास्ती पाएपछि सरकारले शुक्रबार बिहानदेखि खारेज गरेको हो । सर्वसाधारणको सुविधालाई ख्याली गरी शुक्रबार बिहान साढे ११ बजेदेखि सो निणर्य खारेज गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
समिटलाई लक्षित गरी ४ दिनसम्म जोरबिजोर प्रणालीको सवत्र्र विरोध भएपछि सरकारले उक्त निणर्य खारेज गरेको हो । जोरबिजोर प्रणालीको अवज्ञा गर्दै युथ कांग्रेस नेपालले बिहान काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको थियो ।
कांग्रेस युवा नेता गगन थापाले जोरबिजोर प्रणालीको विरोध गर्दै सामाजिक सञ्जालमा विरोध जनाएपछि उनका सर्मथक सडमा उत्रिएका थिए । सरकारको निणर्यको बिरोध गर्दै सडकमा उत्रेका दर्जन भन्दा बढी काग्रेस कार्यक्रर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।