सनराइज बैङ्कले साढे ११ प्रतिशत नगद लाभांश दिने

कम्पनीले ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैयाँको ११ दशलमव ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सनराइज बैङ्कले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजीको साढे ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैयाँको ११ दशलमव ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले ११ दशमलव ५ प्रतिशतका दरले ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ नगद लाभांश दिने जानकारी दिएको छ । कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि वितरण गरिने छ ।