नेपाल बङ्गलादेश बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

कम्पनीले बोनस सेयर नदिई नगद लाभांश मात्र दिन लागेको हो ।

काठमाडाैं : नेपाल बङ्गलादेश बैङ्कले आफ्ना लगानीकर्तालाई साढे १० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले बोनस सेयर नदिई नगद लाभांश मात्र दिन लागेको हो ।

बैङ्कको सञ्चालक समितिले दिने निर्णय गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि वितरण गरिने छ ।