नाडेप लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार लगानीकर्तालाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर दिने छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार लगानीकर्तालाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर दिने छ ।

१६ करोड चुक्ता पुँजी रहेको कम्पनीले ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । कम्पनीको सञ्चालक समितिले दिने निर्णय गरेको बोनस आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि वितरण गरिने छ ।