नेप्सेमा आइतबार २५ करोड, सोमबार ३० करोड, मङ्गलबार २३ करोड, बुधबार ४० करोड र बिहीबार ३० करोडको कारोबार भएको छ ।
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) सातामा ३२.८३ अङ्कले घट्दै ११५० अङ्कको बिन्दुबाट तल झरेको छ । पछिल्लो समय ओरालो लाग्दै आएको नेप्से सूचक यस साता पनि आफ्नो गति कायम राख्दै ३२ अङ्क झरेको हो । सातामा काराबोर भएका पाँच दिनमध्ये लगातार चार दिन घट्दै ११४८.३६ अङ्कको बिन्दुमा आएर रोकिएको छ ।
आइतबार ११८१.२४ अङ्कबाट सुरु भएको नेप्सेको कारोबार मङ्गलबार १ अङ्कको सुधार हुनुबाहेक अन्य दिन ओरालो लाग्यो । तर नेप्से परिसूचक लगातार ओरालो लागेको यो सातामा डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा आइतबार २५ करोड, सोमबार ३० करोड, मङ्गलबार २३ करोड, बुधबार ४० करोड र बिहीबार ३० करोडको रूपैयाँकाे कारोबार भएको छ ।
आइतबार १४ अङ्कले घटेको नेप्सेमा अन्तिम दिन बिहीबार १० अङ्कले घट्यो । यस्तै सोमबार ६ तथा बुधबार २ अङ्कले ओरालो लागेको नेप्से सूचक मङ्गलबार १ अङ्कको सुधार आएको थियो । सातामा नेपाल बैङ्कको सेयरमा र एनएमबी बैङ्कको सेयरमा लगानीकर्ता झुम्मिएका थिए । गत सातामा पनि नेप्से १ दिनबाहेक सबे दिन घटेको थियो ।