योञ्जनले हवाइ फेक रेस्क्युमा र खड्काले सिक्टा सिंचाइ आयोजनामा ठेकेदारको लापरवाहीले गर्दा भएको क्षतिको समाचारलाई अवार्ड प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) वर्षेनी दिदै आएको सेजन अवार्ड २ पत्रकारले पाएका छन् । क्यापिटल नेपाल डटकमका संवाददाता सुवास योञ्जन र नागरिक दैनिकका संवाददाता रुद्र खड्काले प्राप्त गरेका छन् । योञ्जनले हवाइ फेक रेस्क्युमा र खड्काले सिक्टा सिंचाइ आयोजनामा ठेकेदारको लापरवाहीले गर्दा भएको क्षतिको समाचारलाई अवार्ड प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
सेजन स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित एक समारोहमा अर्थ मन्त्री डा. युवराज खतिवडाले योञ्जन र खड्कालाई पुरस्कार प्रदान गरेका थिए । यस्तै लामो समयदेखि आर्थिक पत्रकारीतामा रहेर योगदान दिनेअर्थकाे अर्थका ह्दय गौतम, कारोबार दैनिकका सम्पादक कुवेर चालिसे र आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र कान्तिपुर टेलिभिजनका प्रमुख प्रशान्त अर्याललाई सम्मानित गरिएको थियो ।
स्वर्गीय पत्रकार सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कारोबार दैनिकका भगवान खनालले पाएका छन्। जलविद्युत फेलोसीप बिजमाण्डू डटकमका अरुण सापकोटा र अमर बडुवालले संयुक्त रुपमा पाएका छन्।
अर्थमन्त्री खतिवडाले सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रुपैयाँ लगानी आवश्यक भएको बताए । स्वदेशी पुँजीबाट मात्र यो संभव नभएपछि विदेशी सहयोग पनि आवश्यक भएको उनले जानकारी दिए ।
तिब्र गतिमा व्यापार घाटा बढेकोमा चिन्ता व्यत्त गर्दै उनले विमान खरिद र जलविद्युत उपकरण खरिदमा ठुलो रकम बाहिर गएपछि व्यापार घाटा बढेको जिकिर गरे । निर्यात घटदै जाने र आयात बढ्दा सरकारको चालु खाता र शोधानान्तर घाटामा रहेको खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्षमा स्थानीय तहले ४० अर्ब रुपैयाँ कर उठाउने उनले बताए । संसदको हिउँदे अधिवेशनबाट आर्थिक क्षेत्रका सबै विद्येयक पारित हुने जानकारी दिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा चुलिदै गएकोमा चिन्ता व्यत्त गरिन् । उनले निर्यात व्यापार बढाउन प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औल्याइन । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, सेजनका अध्यक्ष पुष्पराज आचार्य, निवर्तमान अध्यक्ष गोकर्ण अवस्थी, पुर्वअध्यक्ष किरण नेपाल र प्रदीप चापागाइले आफनो धारणा व्यत्त गरेका थिए ।