आज ३ हजार ९ सय ८५ कारोबारबाट ७ लाख ५१ हजार ३९ कित्ता सेयर किनबेच भई ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आजको कारोबार रकम गत साताको औसत ५४ करोड १४ लाख २७ हजारको तुलनामा एक तिहाईले कम हो ।
धितोपत्रको कारोबार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नप्से) आइतबार (आज) ७.९७ अङ्क (०.५६ प्रतिशत)ले बढेर १४३१.८० अङ्कमा पुगेको छ । साताको पहिलो दिन बजारमा सामान्य वृद्धि देखिएको हो । गत साता तीव्र उतारचढाव देखिएको नेप्सेमा साताभर ९.०५ अङ्कको वृद्धि देखिएको थियो ।
आज बजारमा सुरुदेखि नै वृद्धिको छनक देखाएको थियो । दिउँसो २ बजार १० मिनेट जाँदा ११.२२ अङ्कले बढ्दै १४३५.०५ अङ्कसम्म पुगेको नेप्से त्यसपछि भने घट्ने क्रममा देखिएको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७३ अङ्कले बढेर ३०१.३९ अङ्कमा पुगेको छ । आज नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये ७ ओटा सूचक सामान्य अङ्कले बढेपछि समग्र नेप्से बढेको हो । आज सबैभन्दा बढी बिमा १६५.८७ अङ्क, लघुवित्त २०.६, होटल १४.२७, उत्पादनमूलक १०, विकास बैङ्क ९.३२, जलविद्युत् ४.२ र बैङ्किङ १.८५ अङ्कले बढेको छ । आज व्यापार समूह सूचकमा कुनै परिवर्तन भएको छैन भने वित्त समूह सूचक १.१४ अङ्क र अन्य ०.५७ अङ्क घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ हजार ९ सय ८५ कारोबारबाट ७ लाख ५१ हजार ३९ कित्ता सेयर किनबेच भई ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आजको कारोबार रकम गत साताको औसत ५४ करोड १४ लाख २७ हजारको तुलनामा एक तिहाईले कम हो । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकमको सेयर किनबेच भएको छ । नेपाल लाइफको ५ करोड २७ लाख ६४ हजार ४ सय ५ रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।
आज प्रभु बैङ्क, अपी पावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैङ्क, कन्चन डेभलपमेन्ट बैङ्क, लुम्बिनी विकास बैङ्कको मूल्य समायोजन भएको छ । गत बिहीबारसम्म सेयरधनी रहेका लगानीकर्ताले उनीहरुको हकप्रद र बोनस सेयर पाउने भएपछि नेप्सेले आज मूल्य समायोजन गरेको हो ।