इक्रा नेपाल लिमिटडले आईपीओ ग्रेड ५ दिएको छ । यो धेरै कम ग्रेड हो । आउँदो ३ वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ पुग्ने अनुमान छ । चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ हुने छ । ३ वर्षमा कम्पनीको नेटवर्थ बढेर ११० रुपैयाँ ९५ पैसा पुग्ने सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आजदेखि (आईतबार) निष्कासन हुने भएको छ । कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासनमध्ये ५० हजार ७४१ कित्ता सेयर संस्थाका कर्मचारी, ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोष र बाँकी १५ लाख ५५ हजार २३३ कित्ता आईपीओ सर्वसाधारणलाई खुला गरिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिट लिमिटेडले जनाएको छ ।
न्यूनतम ५० देखि ८ लाख कित्तासम्म दरखास्त दिन पाउने सिद्धार्थले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा मङ्सिर १९ गते र ढिलोमा पुस १६ गतेसम्मलाई तोकिएको छ ।
इक्रा नेपाल लिमिटडले आईपीओ ग्रेड ५ दिएको छ । यो धेरै कम ग्रेड हो । आउँदो ३ वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ पुग्ने अनुमान छ । चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ हुने छ । ३ वर्षमा कम्पनीको नेटवर्थ बढेर ११० रुपैयाँ ९५ पैसा पुग्ने सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनी चालू आर्थिक वर्षसम्म नोक्सानमा हुने र आगामी वर्षदेखि नाफामा जाने देखिएको छ । आगामी वर्ष १ करोड ८२ लाख र अर्को वर्ष बढेर ४ करोड ६ लाख रुपैयाँ पुग्ने छ । आयोजना बनाउन बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ११ वर्ष छ । लगानीकर्ताले ११ वर्षपछि मात्र राम्रो लाभांश पाउने छन् । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ४५ लाख रुपैयाँ खर्च भएको कम्पनीले जानकारी दिएको छ । आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ छ ।