एभरेष्ट इन्स्योरेन्सको संस्थापकतर्फकाे हकप्रद आजदेखि, कात्तिक २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

कम्पनीले कात्तिक २६ गतेसम्म कायम सेयर धनीका लागि १ः१.०५ को अनुपातमा १०० रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन गरेको हो ।

काठमाडौं : एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ मङ्सिर १६ गते (आज)देखि १ अर्ब ४० करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १ करोड ४० लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम सेयर धनीका लागि १ः१.०५ को अनुपातमा १०० रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको सेयरमा लगानीकर्ताले पुस २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको हकप्रद सेयरमा एभरेष्ट इन्स्योरेन्सको शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट सीआस्बा मान्यता प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।