बोनस सेयर दिएका तीन कम्पनीको सेयर मूल्य समायोजन

श्री इन्भेष्टमेन्ट फाइनान्स, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था र नागरिक लगानी कोषको मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । १.२३ प्रतिशत बोनस दिएको श्री इन्भेष्टमेन्टको मूल्य १४२.६४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको आधार मूल्य १८८.३२ छ ।

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । लगानीकर्तालाई बोनस सेयर दिएका तीन कम्पनीको मूल्य नेप्सेले समायोजन गरेको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्स, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था र नागरिक लगानी कोषको मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । १.२३ प्रतिशत बोनस दिएको श्री इन्भेष्टमेन्टको मूल्य १४२.६४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको आधार मूल्य १८८.३२ छ ।

२५ प्रतिशत बोनस दिएको नेसनल माइक्रोफाइनान्सको मूल्य १४१३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको आधार मूल्य १३८६.७४ रुपैयाँ छ । यस्तै २२.०६ प्रतिशत बोनस दिएको नागरिक लगानी कोषको सेयर मूल्य १७९१.४९ रुपैयाँमा समायोजन भएको छ । यसको आधार मूल्य २५५४.७४ रुपैयाँ छ ।