अान्तरिक उडान ठप्प, उपत्यकाबाहिरबाट अाएका विमान फर्किए

विराटनगर, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढीलगायत अन्य स्थानबाट राजधानी आएका विमानमध्ये केही आकाशमै होल्ड भएका छन् । केही भने फर्किएका छन् ।

काठमाडौं : एसिया प्यासिफिक सम्मेलन २०१८ मा भाग लिन आएका अति विशिष्ट पाहुनाको भीडका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान ठप्प भएको छ ।

विराटनगर, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढीलगायत अन्य स्थानबाट राजधानी आएका विमानमध्ये केही आकाशमै होल्ड भएका छन् । केही भने फर्किएका छन् । विराटनगरबाट बुद्ध एयरमा काठमाडौं आएका सुदीप पौडेलले बनेपा आएपछि विमान पुनः विराटनगर फकाईएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निमित्त महाप्रबन्धक प्रताप तिवारीले भीआईपी पाहुना बाहिर जान लागेकाले डेढ घण्टा आन्तरिक उडान बन्द भएको जानकारी दिए ।