मङ्सिर २८ गते हुने २१ औं वार्षिक साधारणसभामा ऋण लिने प्रस्ताव पेश हुँदैछ । सभाबाट पारित भएपछि ऋण लिने प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । योजना बनाउने कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले साधारणसभामा प्रस्ताव लैजाने जानकारी गराएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ९.९ मेगावाटको काबेली १ क्याकेड जलविद्युत आयोजना बनाउने भएको छ । आयोजना बनाउन कम्पनीले बैङ्कबाट ऋण लिने भएको छ ।
मङ्सिर २८ गते हुने २१ औं वार्षिक साधारणसभामा ऋण लिने प्रस्ताव पेश हुँदैछ । सभाबाट पारित भएपछि ऋण लिने प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । आयोजना बनाउने कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले साधारणसभामा प्रस्ताव लैजाने जानकारी गराएको छ । यसअघि कम्पनीले थप निष्कासन (एफपीओ) ल्याउने तयारी गरेको थियो । सेयर बजार घटेर प्रिमियम मूल्यमा एफपीओ बिक्री नहुने अवस्था आएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गरेर आयोजनामा लगानी जुटाउने प्रयास थालेको हो ।
हकप्रद सेयर निष्कासनपछि चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ ।
कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।