ती दुई कम्पनीले लाभांशको निर्णय गरेर पनि ढिलासम्म जानकारी (सूचना) नदिएकाले कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ । नाडेप र नेपाल ल्युब अायलले स्पस्टीकरण दिएपछि मात्र कारोबार खुल्ने छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार दुई कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था र नेपाल ल्युब अायलको कारोबार रोकेको हो ।
ती दुई कम्पनीले लाभांशको निर्णय गरेर पनि ढिलासम्म जानकारी (सूचना) नदिएकाले कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ । नाडेप र नेपाल ल्युब अायलले स्पस्टीकरण दिएपछि मात्र कारोबार खुल्ने छ । सेयर बजारमा कुनै पनि सूचीकृत कम्पनीले लगानीकर्ता तथा सेयर मूल्य प्रभावित हुने गरी गतिवधि गरेको पाइएमा नेप्सेल तत्कालका लागि कारोबार रोक्ने गर्छ ।
यसअघि युनिलिभर नेपाललाई पनि सही समयमा लाभांशको सूचना नेप्सेलाई नदिएको भन्दै कारोबारमा रोक लगाइएको थियो ।