कुमारी बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

कम्पनीले गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४ सय १६ रुपैयाँको १२ प्रतिशत बोनस सेयर दिने जनाएको छ ।

काठमाडौंः कुमारी बैङ्क लिमिटेडले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४ सय १६ रुपैयाँको १२ प्रतिशत बोनस सेयर दिने जनाएको छ ।

जसअनुसार कम्पनीले १२.७५ प्रतिशतका दरले ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर दिने छ ।

बैङ्कले चार ओटा कम्पनीले (तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैङ्क, महाकाली विकास बैङ्क, काँक्रेविहार विकास बैङ्क र पश्चिमाञ्चल फाइनान्स कम्पनी)लाई प्राप्ति गरी आर्थिक वर्ष २०७४ असार १६ देखि संयुक्त कारोबार गरेकाले उक्त मितिदेखि दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीहरुलाई वितरण गरिएको लाभांशमा कर नलाग्ने जनाएको छ ।