घलेम्दी खोला जलविद्युत् कम्पनीले १५ करोडको आईपीओ निष्कासन गर्ने

कम्पनीले यसअघि पहिलो चरणमा असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

काठमाडाैं : घलेम्दी खोला जलविद्युत् आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेर बाँकीसहित १५ लाख ५५ हजार ७७० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । स्थानीय वासिन्दाका लागि निष्कासन गरिएको सेयरबाट ४ लाख ५५ हजार ७७० कित्ता बिक्री भएको थिएन ।

कम्पनीले यसअघि पहिलो चरणमा असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।