कम्पनीले १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत (करसहित) नगद लाभांश गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
यसअघि सबैभन्दा बढी ३० प्रतिशत बोनस सेयर घोषणा गरेको एनएमबी बैङ्कलाई पछि पार्दै नबिल बैङ्कले ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत (करसहित) नगद लाभांश गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नबिलले १२ प्रतिशत अर्थात् १ सय कित्ताबराबरको १२ कित्ताका साथै प्रतिसेयर २२ रुपैयाँसहित ३४ प्रतिशत घोषणा गरेको छ । यसअघि एनएमबीले ३० प्रतिशत लाभांश दिएको थियो । कम्पनीको सञ्चालक समितिले घोषणा गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि वितरण गरिनेछ ।