नेपाल बैङ्कले कारोबार उचालेको दिन नेप्से १० अङ्क बढ्यो

नेपाल बैङ्कको ११ करोड ४२ लाख रुपैयाँको कारोबार भएको दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अङ्कले बढेको छ । साताको तेस्रो दिन आज नेप्से १०.२७ अङ्कले बढ्दै ११४२.०१ अङ्क कायम भएको छ ।

१ सय ६१ कम्पनीको ४ हजार ९१ कारोबारबाट १२ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको दिन आज नेप्सेमा ३८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, २६ करोडले कम हो ।

सोमबार नेप्सेमा १५६ कम्पनीका ४ हजार ७ सय ६९ कारोबारबाट २१ लाख ३९ हजार कित्ता सेयर किनबेच भई ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएका सबै ११ समूहमध्ये २ समूहबाहेक ८ समूह बढेको दिन आज नेप्से बढेको हो । आज व्यापार र होटल समूह घटेको छ । व्यापार ०.५१ तथा हाेटल ३.८१ अङ्कले घटेको छ । यस्तै विकास बैङ्क ३२.०२, जिवन बिमा २०.०१, अन्य १८.६९, निर्जीवन बिमा १५.११ अङ्कले बढेको छ भने बैङ्किङ ७.२२ अङ्कले बढेको छ ।