चौतारी लघुवित्तको आईपीओ आज बुधबारदेखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा मङ्सिर २३ गते र ढिलोमा पुस १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाइने एनआईबीएलले जनाएको छ । कुल निष्कासनमध्ये ३ हजार कित्ता सामूहिक लगानी कोष र ९ हजार ३०० कित्ता संस्थाका कर्मचारीलाई छुट्टाईएको छ ।

५ लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई छुट्याइएको हो । इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ दिएको छ । संस्थाको मुख्य कार्यालय रुपन्देहीको बुटवलमा छ ।