पर्यटनमन्त्रीलाई लेखा समितिकाे प्रश्न, मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट खै ?

पर्यटन मन्त्री अधिकारीले वाइडबडीकाे छानबिन मन्त्रालयले नगरेको र नेपाल एयरलाइन्सले छानबिन गरेको बताउँदै त्यसको रिपोर्ट मन्त्रालयमा अाईसकेकाे जानकारी दिए ।

काठमाडौ : सार्वजनिक लेखा समितिले संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई वाइडबडी जहाज खरिदकाे विषयमा मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् । समितिका सभापति भरतकुमार शाहले मन्त्रालयले बनाएको समितिकाे रिपोर्टमा के/के छ भन्ने बिषय सार्वजनिक गर्न अाग्रह गरेका हुन ।

वाइडबडी खरिद काे बिषयमा छानबिन गरिरहेकाे समितिले बुधबार पर्यटन मन्त्री अधिकारी लाई जवाफ दिन बाेलाएकाे हाे । पर्यटन मन्त्री अधिकारीले वाइडबडीकाे छानबिन मन्त्रालयले नगरेको र नेपाल एयरलाइन्सले छानबिन गरेको बताउँदै त्यसको रिपोर्ट मन्त्रालयमा अाईसकेकाे जानकारी दिए । समितिलाई अावश्यक परे दिन तयार रहेकाे मन्त्री अधिकारी काे भनाइ छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल ,महाप्रबन्धक सुगतरत्न कंसाकारले समितिमा जहाज खरिदका बिषयमा यस अघि नै जवाफ दिइसकेका छन् ।

इयुले कालो सूचीमा राखिराख्नुकाे अाैचित्य छैन : मन्त्री अधिकारी 

उड्डयनमन्त्री अधिकारीले युराेपियन युनियन ( ईयू) ले नेपाललाइ कालो सूचीमा राखिराख्नु अाैचित्य नरहेको बताएका छन् । संसद काे लेखा समितिकाे बैठकलाई संवाेधन गर्दै पर्यटन मन्त्री अधिकारीले अाईकाअाेले कालो सूचीबाट हटाई सकेको अवस्थामा ईयूले मात्र कालो सूचीमा राख्नु अाैचित्यहिन रहेको बताए ।

ईयु भन्दा ठुलो संस्था अाईकाअाेले एक बर्ष अघि नै कालो सुचि बाट हटाएको तर त्यही मातहतका ईयुले हाल सम्म किन नहटाएकाे बिषयमा जानकारी नभएको बताए । कालो सुचि बाट हटाउन का लागि अावश्यक प्रक्रिया पुरा भइसकेको अवस्थामा चुप लागेको देख्दा सरकार अचम्म मा परेकाले यस मा सहयोग का लागि सबैलाई अाग्रह गरेका छन् ।