कालिका लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांशको घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती पाएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरणा हुनेछ ।