सेयर बजारमा ब्याजदरको प्रभाव न्यून, नेप्से ३ अङ्क बढ्यो

बैङ्कको ब्याजदर १३ प्रतिशतसम्म बढे पनि बिहीबारको सेयर बजारमा त्यसको खासै प्रभाव परेन । आज नेप्से २.७० अङ्क बढ्दै ११२०.८४ अङ्क कायम भएको हो ।

बैङ्क तथा बिमा कम्पनीले बजार उचालेको दिन बिहीबार सेयर बजार सामान्य अङ्कले बढेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.७० अङ्कले बढेको छ । बैङ्कको ब्याजदर १३ प्रतिशतसम्म बढे पनि बिहीबारको सेयर बजारमा त्यसको खासै प्रभाव परेन । आज नेप्से २.७० अङ्क बढ्दै ११२०.८४ अङ्क कायम भएको हो ।

कारोबार सुरु भएदेखि घट्न थालेको बजार ९ अङ्कको गिरावटपछि सुधारिएको थियो । बजार लगातार घटेपछि बढ्दै ८ अङ्कसम्म बढेको बजार फेरि ओरालो लागेको थियो । त्यसयता स्थिररुपमा ओरालो लागेको नेप्से ३ अङ्क बढेर बन्द भएको हो ।

नेप्सेमा १६२ कम्पनीको ४ हजार १ सय ७० कारोबारबाट १३ लाख ७४ हजार सेयर खरिदबिक्री भई ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएको १० समूहमध्ये ८ समूह उकालो तथा २ समूह ओरालो लागेका छन् ।

उत्पादनमूलक र जलविद्युत् बाहेक सबै समूह बढेका छन् ।