no-image

बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने उनले बताए ।

अागामी ४ वर्षभित्र ६ अाेटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने उनले बताए ।

मन्त्री महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन् । मन्त्री महासेठले भने, ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’जयनगर–जनकपुर रेल सेवा यही मंसिरभित्रै सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषयमा अन्यौल देखिएको थियो ।

भारतको सरकारी निकायसँग रेल भाडामा लिएर रेल चलाउने प्रक्रिया अपनाइएकोमा रेलको गुणस्तर र लागतसमेत बढी पर्न जाने देखिएपछि सरकारले रेल खरिद गरेर चलाउने निर्णय भएको थियो । भाडामा लिएर डिसेम्बरभित्रै रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरेका थिए ।