पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

समितिको शुक्रबार बसेको बैठकले पुल निर्माणका क्रममा सम्झौताविपरित स्ल्याब ढलान गरेको भन्दै पप्पुलाई कारबाही गर्न सांसदहरुले माग गरेका थिए ।

काठमाडौं । तीनकुनेस्थित बागमति पुल निर्माणका क्रममा लापरबाही गर्ने पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले पुल निर्माणका क्रममा सम्झौताविपरित स्ल्याब ढलान गरेको भन्दै पप्पुलाई कारबाही गर्न सांसदहरुले माग गरेका थिए ।

समिति सभापति कल्याणी खड्काले पप्पुले अटेरी गरी पुलको ढलान निर्माण अघि बढाएकाले कारबाही गर्न निर्देशन दिइएको बताइन् । यसअघि सभापति खड्कासहित समिति सदस्यहरुले पुलको स्थलगत अवलोकन गरेका थिए ।