न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा सुरु, दरवारमार्गमा पनि चाँडै सञ्चालन गर्ने तयारी

केही दिनदेखि परीक्षण गरिँदै आएको स्मार्ट पार्किङमा दायाँबायाँ मात्रै पार्किङ गर्न सकिने छ । पार्किङ गर्न १५ मिनेटमा सवारी साधन पार्किङस्थल आइपुग्नुपर्छ । यी स्थानमा ८०० बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ ।

काठमाडौं । काठमाडौंस्थित न्युरोड क्षेत्रमा पहिलो पटक स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले सुरु गरेको स्मार्ट पार्किङको मेयर विद्याशुन्दर शाक्यले उद्घाटन गरे ।

केही दिनदेखि परीक्षण गरिँदै आएको स्मार्ट पार्किङमा दायाँबायाँ मात्रै पार्किङ गर्न सकिने छ । पार्किङ गर्न १५ मिनेटमा सवारी साधन पार्किङस्थल आइपुग्नुपर्छ । यी स्थानमा ८०० बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ ।

बाइकका लागि प्रतिघण्टा २५ रुपैयाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपैया शुल्क लाग्ने बताइएको छ । दुई र चार पाङ्ग्रेर सवारी पार्किङ गर्न सक्नेगरी स्मार्ट पार्किङ सेवा सञ्चालनमा ल्याइएको मेयर शाक्यले बताए ।

महानगरले स्मार्ट पार्किङ दरबारमार्गमासमेत सञ्चालन गर्ने योजना बनाएको छ ।