सान्जेनको सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

बिहीबार नागरिक लगानी कोषमा भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्याटिपल नियुक्त भएको छ । कम्पनीले स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छ ।

बिहीबार नागरिक लगानी कोषमा भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि छुट्टयाइएको ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि छुट्टयाइएको ३६ लाख ५० हजार कित्ता सेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता सेयरका लागि सनराइज क्यापिटल र एनएमबी क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सामेल गराउने सम्झौता गरिएको छ ।