काठमाडौं : बैङ्कर सङ्घ एसोसिएसनले ब्याजदरको भद्र सहमति तोडेको साता सेयर बजारमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । तीन दिन वृद्धि तथा दुई दिन घटेको यो साता नेप्सेमा अघिल्लो साताभन्दा ७७ करोड बढीको कारोबार भएको छ । तर, ब्याजदर वृद्धि भएको साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.५२ अङ्कले ओरालो लागेको छ । आइतबार ११४८.३६ अङ्कको बिन्दुबाट सुरु भएको नेप्से...
काठमाडौं : बैङ्कर सङ्घ एसोसिएसनले ब्याजदरको भद्र सहमति तोडेको साता सेयर बजारमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । तीन दिन वृद्धि तथा दुई दिन घटेको यो साता नेप्सेमा अघिल्लो साताभन्दा ७७ करोड बढीको कारोबार भएको छ ।
तर, ब्याजदर वृद्धि भएको साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.५२ अङ्कले ओरालो लागेको छ । आइतबार ११४८.३६ अङ्कको बिन्दुबाट सुरु भएको नेप्से ११२०.८४ अङ्क पुगेको छ । आइतबार १७ अङ्कले तथा बुधबार २२ अङ्कले ओरालो लागेको नेप्से त्यस बाहेकका दिनमा बढ्यो । सोमबार स्थिर रहेको नेप्से मङ्गलबार १० अङ्क तथा बिहीबार ३ अङ्कले उकालो लाग्यो ।
पछिल्लो समय लगातार घट्दै आएको सेयर बजारलाई ब्याजदरमा आएको वृद्धिले झनै घटाउने काम गरेको छ । ब्याजदरको भद्र सहमति भङ्ग गरेको दिन बुधबार एकाएक २२ अङ्कले ओरालो लागेको थियो । तर, अर्थमन्त्री डा युवराज खतिवडाले घट्दो सेयर बजारप्रति चासो राखेपछि बिहीबार नेप्सेमा ब्याजदरको प्रभाव देखिएन ।
आइतबार ११३० अङ्क कायम भएको नेप्से सोमबार र मङ्गलबार बढेर ११४० अङ्क पुगेको थियो । त्यसयता बिहीबार २२ अङ्कले घटेर नेप्से १११८ अङ्कको बिन्दुमा पुगेको थियो । यस्तै साताको अन्तिम दिन ३ अङ्क बढ्दै नेप्से परिसूचक ११२० अङ्क कायम भएको छ ।