टफिक प्रहरीलाई ३०० घुस दिने चालक सहित ३ जना पक्राउ 

राति पेप्सिकोला चोकमा चेकजाँचको क्रममा टफिक प्रहरीलाई घुस दिन खाजेको प्रहरीले जनाएको छ । राति १२ बजे बा २ ज ४५९१ नम्बरको ट्रयाक्सीका चालक दनुवार मापसे सेवन गरेर ट्याक्सी चलाएको भेटेपछि टफिक प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा घुसको अफर गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । राजधानीको पेप्सिकोलामा घुस दिने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीको प्रहरी टोलीले शुक्रबार साँझ घुस दिन खोज्ने चालक राजाराम दनुवारलाई पक्राउ गरेको हो ।

दनुवारले शुक्रबार राति पेप्सिकोला चोकमा चेकजाँचको क्रममा टफिक प्रहरीलाई घुस दिन खाजेको प्रहरीले जनाएको छ ।
राति १२ बजे बा २ ज ४५९१ नम्बरको ट्रयाक्सीका चालक दनुवार मापसे सेवन गरेर ट्याक्सी चलाएको भेटेपछि टफिक प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा घुसको अफर गरेको प्रहरीले जनाएको छ ।

चेकजाँचमा खटिएका टफिक प्रहरीलाई ३०० रूपैयाँ घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरी गएरातिनै काँडाघारी चोकमा चेकजाँचको क्रममा मापसे सेवन गरी मोटरसाईकल चलाउदै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा २४ प ८७८९ को मोटरसाईकलमा सवार प्रज्वल तामाङ र सुजन श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको खुलेको थियो।
आवश्यक कागपत्र नभएकोले प्रहरीले मोटरसाइकलबारे सोधपुछ गरेको थियो। चेकजाँच खटिएको प्रहरी टोलीलाई नगद ५०० रूपैया घुस दिन खोज्दा उक्त नम्बरको मोटरसाईकलसहित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक सहित ३ जनालाई प्रहरीले थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।