चौतारी लघुवित्तमा माग भन्दा बढी आवेदन, आईतबार आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । माग भन्दा बढी दरखास्त परेपछि चैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कास आज आइतबारसम्म मात्र हुने भएको छ ।

चौतारीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी, ३० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।

इक्रा एनपी आईपीओ ग्रेड ४ पाएको संस्थाको आउदो ३ वर्षमा प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ १५ पैसा पुग्ने अनुमान गरिएको छ ।