बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने, साधारणसभा पुस २७ मा

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेडले (बीपीसी) सेयरधनीलाई २८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ । आउँदो पुस २७ गते वार्षिक साधारणसभा गर्ने बीपीसीले जानकारी दिएको छ ।