आईजीआईको सञ्चालकतर्फको हकप्रद भर्ने मिति मङ्गलबारसम्म

कम्पनीले चुक्ता पुँजी ५४ लाख रुपैयाँको १०ः८ को अनुपातमा हकप्रद निष्कासन गर्नुभन्दा पहिले सञ्चालकका लागि सेयर खुलाएको हो ।

काठमाडाैं : सञ्चालकका लागि खुलाइएको आईएमई जनरल इन्स्यारेन्स कम्पनी –आईजीआई)को हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति मङ्गलबार (मङ्सिर २५)सम्म छ ।

कम्पनीले चुक्ता पुँजी ५४ लाख रुपैयाँको १०ः८ को अनुपातमा हकप्रद निष्कासन गर्नुभन्दा पहिले सञ्चालकका लागि सेयर खुलाएको हो ।

कम्पनीले सर्वसाधारण सेयरधनीका लागि हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका’ २०७४ को निर्देशन १२ (४) बमोजिम सञ्चालकलगायत आधारभूत सेयरधनीहरुका लागि हकप्रद निष्कासन गरेको छ ।