नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधीमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ ।
शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ ।
मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गर्नु भएको थियो ।