‘अरिङ्गाल बन्न खोज्दा अर्थमन्त्रीले रुझेको बिरालो बनाइदिए’ – लगानीकर्ता

लगानीकर्ता पुँजी बजारमा सुधारको माग राख्दै आइतबारदेखि कालो पट्टी बाँधेर नेप्सेमा धर्ना बसिरहेका छन् । सेयर लगानीकर्ता दबाव समूहको आह्वानमा सुरु गरिएको धर्नाको माग सम्बोधन नभए आगामी दिनमा आमरण अनशन बस्ने उनीहरुले बताएका छन् ।

पुँजी बजार सुधारका लागि आइतबारदेखि रिले अनशन बसेका लगानीकर्ताले प्रधानीमन्त्रीको आदेशअनुसार आफूहरु ‘अरिङ्गाल’ बनेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड घेर्न गए पनि अर्थमन्त्रीले ‘रुझेको बिरालो’ बनाइएिको बताएका छन् । सेयर बजार सुधारका लागि १० बुँदे माग राखेका उनीहरुले व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्रीलाई जवाफ फर्काएका हुन् ।

घाटा खाएर नभई आगामी दिनमा घाटा खान नपरोस् भनेर अनशन बसेको बताउँदै सेयर लगानीकर्ता दबाव समूहका संयोजक हरि खड्काले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले आफूहरुलाई दिएको आदेशअनुसार पुँजी बजार सुधारका लागि अरिङ्गाल बनेको तर, अर्थमन्त्रीले हामीलाई रुझेको बिरालो बनाइदिए । अब भन्नुहोस् प्रधानमन्त्रीज्यू ! हामी के गरौं ?’ प्रधानमन्त्रीले आफूहरुलाई अरिङ्गाल बन्न दिएको आदेश अवज्ञा नगरेको उनको तर्क छ ।

आफूहरु सेयरको मूल्य र नेप्से बढाउन नभई पुँजी बजार सुधारका लागि धर्ना बसेको सेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए । उनले लगानीकर्तालाई पटक पटक झुक्याउने काम भइरहेकाले १० बुँदे माग सम्बोधन नगरेसम्म नेप्सेमा धर्ना बसिरहने बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चाहेमा २ घन्टामै पुँजी बजारमा रहेका समस्या सुधार गर्न सक्ने धर्ना बसेका लगानीकर्ताले बताएका छन् । तर, अर्थमन्त्रीले यदि त्यसो गरेनन् भने राजीनामा दिनुपर्ने लगानीकर्ताले माग राखेका छन् । पुँजी बजारसम्बन्धी सानो काम गर्न पनि वर्षौं लाग्ने संस्कृति तत्काल सुधार गर्नु पर्ने लगानीकर्ता गोविन्द पन्तले बताए । सेयर बजारमा रहेका विभिन्न समस्या तत्काल समाधान गरेर पुँजी बजारको सुधारमा नियामकले महत्त्वपूर्ण कदम खेल्नुपर्ने नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीले बताए ।

लगानीकर्ता पुँजी बजारमा सुधारको माग राख्दै आइतबारदेखि कालो पट्टी बाँधेर नेप्सेमा धर्ना बसिरहेका छन् । सेयर लगानीकर्ता दबाव समूहको आह्वानमा सुरु गरिएको धर्नाको माग सम्बोधन नभए आगामी दिनमा आमरण अनशन बस्ने उनीहरुले बताएका छन् ।

नेपाल धितोपत्र बोर्डले धर्नामा बसेकालाई वातार्मा बोलाए पनि आफूहरु नजाने दबाव समूहले बताउँदै आएको छ ।