जनता बैङ्कले साढे ८ प्रतिशत नगद लाभांश दिने

कम्पनीले ८.५० प्रतिशतका दरले ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

जनता बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षमा कायम भएको चुक्ता पुँजीको ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले ८.५० प्रतिशतका दरले ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।