नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनविपरीत रहेको भन्दै सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनका लागि निर्देशन दिएको थियो ।
काडमाडौं : वाइडबडी खरिदको टेन्डर प्रक्रियामा गडवडी भएको सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर छ । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनविपरीत रहेको भन्दै सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनका लागि निर्देशन दिएको थियो ।
अनुगमन कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार निगमले एक कम्पनीलाई मात्रै लक्षित गर्दै स्पेसिफिकेसन तयार गरेको कार्यालयले जनाएको छ । खरिद ऐनविपरीत निगमले खास ब्रान्ड, ट्रेडमार्क, नाम पेटेन्ट डिजाइन, प्रकार उत्पति वा उत्पादक उल्लेख गरेको कार्यालयको ठहर छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा २ को खण्ड ‘ग’मा परिभाषित गरिएको मालसामानको परिभाषामा विमान पनि पर्ने हुँदा आरएफपीमार्फत् सामान खरिद गर्ने प्रक्रिया ऐनमा नभएको जनाएको छ ।
निगमले जहाज खरिदको मूल्य तय गर्दासमेत गडबडी गरेको कार्यालयको ठहर छ । कार्यालयले निगमले जहाज खरिदमा दुई दर्जनभन्दा बढी कमजोरी गरेको समेत ठहर गरेको छ । निगमले ऐनविपरीत रोल्स रोयस ट्रेन्ट ७७२ बी इन्जिनसहितको एयर बसको ए ३३०९२०० निर्धारण गरी आरएफपी जारी गरिएको कार्यालयको लेखा समितिलाई दिएको जवाफमा उल्लेख छ ।