नेप्सेमा आज पनि १२ अङ्कको वृद्धि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको ६ करोड ३६ लाख ५२ हजार ३ सय ५२ रुपैयाँबराबरको सेयर खरिदविक्री भएको छ । केही दिनदेखि नेप्सेमा नेपाल लाइफको सेयर कारोबार बढ्दै गएको छ । खासगरी कम्पनीले घोषणा गर्ने लाभांश बढ्ने अनुमानका आधारमा नेपाल लाइफको सेयर कारोबार बढिरहेको छ ।

धितोपत्र कारोबार परिसूचक आज (मङ्गलबार) पनि दोहोरो अङ्कले बढेको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीचमा केही कमी आउने सङ्केत देखाए पनि कारोबार बन्द हुँदा दोहोरो अङ्कले बढेको हो । आज नेप्से १२.२७ अङ्क (०.८५ प्रतिशत)ले बढेर १४५६.०७ अङ्कमा पुगेको छ । हिजो १२ अङ्क (०.८४ प्रतिशत)ले बढेर १४४३.८० अङ्कमा पुगेको थियो ।

नेप्सेमा वर्गीकृत १० समूहमध्ये उत्पादनमूलक उपसूचक ३.११ अङ्कले घटेपनि अन्य ९ उपसूचकहरु बढेपछि त्यसको असर समग्र नेप्सेमा परेको हो । आज सबैभन्दा बढी होटल सूचक ६०.२ अङ्कले बढेको छ । त्यसैगरी बिमा ३४.२८, लघुवित्त १७.९५, विकास बैङ्क १४.२७, बैङ्किङ १२.९६, जलविद्युत ५.८७, अन्य ४.९६, व्यापार १.२६ र वित्तसूचक ०.६४ अङ्कले बढेको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको ६ करोड ३६ लाख ५२ हजार ३ सय ५२ रुपैयाँबराबरको सेयर खरिदविक्री भएको छ । केही दिनदेखि नेप्सेमा नेपाल लाइफको सेयर कारोबार बढ्दै गएको छ । खासगरी कम्पनीले घोषणा गर्ने लाभांश बढ्ने अनुमानका आधारमा नेपाल लाइफको सेयर कारोबार बढिरहेको छ । हिजो पनि नेप्सेमा नेपाल लाइफको ८ करोड २६ लाख १७ हजार ७ सय ४६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज नेप्सेमा औसत रुपैयाँको सेयर किनबेच भएको छ । मङ्गलबार ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख १५ हजार ४ सय २६ रुपैयाँबराबरको सेयर खरिदबिक्री भई ५० करोड १७ लाख ७० हजार ५ सय ९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । हिजो ४ हजार ४ सय ५४ कारोबारबाट ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयर खरिद बिक्री भई ४६ करोड ४६ लाख ३९ हजार ८ सय २० रुपैंयाँबराबरको सेयर कारोबार भएको हो ।