नेपालका ३४ जिल्लाका महिलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा पर्ने समस्या तथा विभिन्न जोखिममा परेका महिलाको उद्धारका लागि सरकारले हवाई माध्यमबाट स्वास्थ्य सेवाप्रदान गर्ने भएको छ । नेपालका ३४ जिल्लाका महिलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रालयले कार्यविधि जारी गर्दै दुर्गम ठाउँमा ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ नाम दिइएको छ ।
कार्यविधिका अनुसार हवाई उद्धार कार्यक्रम सञ्चालन हुने दुर्गम हिमाली तथा पहाडी जिल्लामा दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु रहेका छन् । त्यस्तै, दोलखा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुनेछ ।