वाइडबडी खरिदकाे छानबिनका लागि लेखा समितिले बनायो उपसमिति

समितिका अन्य सदस्यहरुमा प्रेम अाले, धर्मशीला चापागाइ, मीना पुन, कृष्णलाल महर्जन छन् । उपसमितिलेे १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने छ ।

काठमाडौ : वाईडबडी खरिदकाे विषयमा छानबिनका लागि सार्वजनिक लेखा समितिले राजन केसीको संयाेजकत्वमा छानबिन उपसमिति बनाएको छ ।

समितिका अन्य सदस्यहरुमा प्रेम अाले, धर्मशीला चापागाइ, मीना पुन, कृष्णलाल महर्जन छन् । उपसमितिलेे १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि उपसमिति बनाएर छानबिन गरिरहेकाे छ । साे समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।