काठमाडौँः सिटिजन्स बैङ्कले आफ्ना सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रूपैयाँको ३ दशमलव ६२ ले हुने २९ करोड १४ लाख ४५ हजार ७७३ रूपैयाँ सेयर लाभांश दिने भएको छ ।
यस्तै चुक्ता पूँजीको एक दशमलव ६३ प्रतिशले हुने १३ करोड १३ लाख ५६ हजार १४३ रूपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोसम्बन्धी जानकारी बैङ्कको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गरेको जनाएकाे छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैङ्कले आव २०७४/७५ मा ९६ करोड ४९ लाख १२ हजार रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो ।