चौतारी लघुवित्तको आइपीओ ५६ हजारले पाउने, शुक्रबार बाँडफाँट हुने

चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) ५६ हजार ७० जनाले मात्र पाउने भएका छन् । कम्पनीको आइपीओमा ३०.५० गुणा बढी आवेदन परेकाले २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले सेयर नपाउने भएका हन् ।

कम्पनीले ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा खुला गरेको थियो । जसमा २ लाख ७३ हजार ५ सय आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता सेयर आवेदन परेको थियो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँटको गर्ने भएको छ । लघुवित्तको सेयरमा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी २ लाख १७ हजार ४ सय ३० भन्दा बढी आवेदकले सेयर पाउने छैनन् ।