बीओकेले १४ प्रतिशत बोनससहित २५ प्रतिशत लाभांश दिने

कम्पनीले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

काठमाडौं : बैङ्क अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेपछि वितरण हुने छ ।